मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसदमा श्रम संस्कृति पार्टीले आज पनि गर्यो प्लेकार्डसहित विरोध

468
SHARES
संसदमा श्रम संस्कृति पार्टीले आज पनि गर्यो प्लेकार्डसहित विरोध

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा आज पनि विरोध प्रदर्शनलाई निरन्तरता दिएको छ । पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सहितका सांसदहरूले बैठक सुरु हुनासाथ प्लेकार्ड प्रदर्शन गर्दै आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठक प्रारम्भ भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए । उनीहरूले संसद र सरकार जनउत्तरदायी बन्नुपर्ने तथा जनताका आवाजलाई बेवास्ता गर्न नहुने सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विरोध जारी रहँदा सभामुखले सांसदहरूको ध्यानाकर्षण भएको उल्लेख गरेपछि श्रम संस्कृति पार्टीका सांसदहरू आफ्ना स्थानमा बसेका थिए । त्यसपछि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढाइएको थियो ।

यसअघि सोमबार बसेको बैठकमा पनि श्रम संस्कृति पार्टीले प्लेकार्डसहित विरोध जनाएको थियो । लगातार दोस्रो दिनको प्रदर्शनले संसदभित्र राजनीतिक दबाब बढाएको देखिएको छ ।

पार्टीले विशेषगरी बालेन शाह संसदप्रति उत्तरदायी हुनुपर्ने माग उठाउँदै आएको छ । जनप्रतिनिधि र राज्य संयन्त्रबीच प्रत्यक्ष जवाफदेहिताको अभ्यास हुनुपर्ने भन्दै श्रम संस्कृति पार्टीले संसदभित्र आफ्नो विरोधलाई जारी राखेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ५, मंगलवार ०६:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP