मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचन: समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए

1.1K
SHARES
प्रतिनिधिसभा निर्वाचन: समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवार हटाइए

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरिएका बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

राजनीतिक दलहरूले बुझाएका समानुपातिक उम्मेदवारको बन्दसूचीमाथि छानबिन गर्दा विभिन्न कानुनी र प्राविधिक कारण देखिएपछि नाम हटाउने निर्णय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा परेका उजुरी, प्रचलित कानुनले तोकेको उम्मेदवारको योग्यता–अयोग्यतासम्बन्धी व्यवस्था, आयोगबाट विभिन्न मितिमा भएका निर्णय तथा राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा उम्मेदवारहरूको विवरण रूजु गरिएको हो ।

हटाइएको उम्मेदवारमध्ये नेपाली कांग्रेसबाट एक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट एक र नेपाल कम्युनिष्ट पार्टीबाट तीन जनाको नाम समावेश रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जना, प्रदेशसभा सदस्य समानुपातिकतर्फको बन्दसूचीमै नाम कायम रहेका २५ जना, निर्वाचन आयोगले तोकेको जरिवाना नतिरेका १० जना, उमेर नपुगेका चार जना, मतदाता नामावलीमा नाम नभएका एक जना र पिछडिएको क्षेत्रको मतदाता नामावलीमा नपरेका दुई जनाको नाम हटाइएको हो ।

त्यसैगरी, महिला उम्मेदवार अनिवार्य हुनुपर्ने स्थानमा पुरुष उम्मेदवार पेस गरिएका कारण एक जनाको नाम हटाइएको छ । साथै, सम्बन्धित राजनीतिक दलको आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको प्रवक्ता भट्टराईले बताए । उल्लिखित कारणमध्ये एकभन्दा बढी कारण परेका दुई जना उम्मेदवार पनि सूचीबाट हटाइएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २०, मंगलवार ०१:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP