मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन आयोगमा दल दर्ता निवेदन

2.1K
SHARES
नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन आयोगमा दल दर्ता निवेदन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन पेस गरेको छ । बुधबार भृकुटीमण्डपमा भएको एकता घोषणा सभापछि विभिन्न १० वामपन्थी दल र समूहको संयोजनमा बनेको नयाँ पार्टीले बिहीबार आयोगमा निवेदन दिएको हो ।

साविकका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरू मिलेर गठित पार्टीको चुनाव चिन्ह पाँचकुने तारा प्रस्ताव गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको पुष्टि गरेका छन् ।

आगामी २१ फागुनमा हुने आमनिर्वाचनमा सहभागी हुन चाहने सबै दलहरूले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने आयोगको व्यवस्था अनुसार पार्टीले समयमै प्रक्रिया अघि बढाएको हो ।

दलका नेता शिव खकुरेलका अनुसार एकताको प्रतिबद्धतापत्र र घोषणापत्रसहित आयोगमा निवेदन दिइएको छ । उनका भनाइमा, “पार्टीको विधान र पदाधिकारी टुंग्याउने काम भइरहेको छ । ती विवरण पूरा भएपछि आयोगमा औपचारिक रूपमा पेश गरिनेछ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २०, बिहीबार ०५:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP