मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

झाँक्री र किसान चार वर्षपछि पुनः एमालेमा

1.6K
SHARES
झाँक्री र किसान चार वर्षपछि पुनः एमालेमा

काठमाडौं । चार वर्षपछि नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ (किसान) पुनः नेकपा (एमाले) मा फर्किएका छन् । उनीहरू २०७८ सालमा पार्टी विभाजन हुँदा नेकपा (एकीकृत समाजवादी) पक्षमा गएका थिए ।

गत कात्तिक १९ गते एकीकृत समाजवादी, माओवादी केन्द्रलगायतका दलबीच एकीकरण भएको थियो । त्यसपछिको राजनीतिक परिवर्तनसँगै झाँक्री र किसानले पुरानो घर फर्कने निर्णय गरेका हुन् ।

सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली ले औपचारिक स्वागत गरे । कार्यक्रममा ओलीले उनीहरूलाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ प्रदान गरे भने झाँक्री र किसानले ‘कलम’ चिन्ह ओलीलाई प्रदान गर्दै एकताको प्रतीक प्रदर्शन गरे ।

उक्त कार्यक्रममा गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङ्तान, बवि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ र केशव सापकोटा लगायतका नेताहरू पनि एमालेमा पुनः प्रवेश गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २४, सोमबार ११:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP