मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बामा जातीय झाँकी प्रतियोगिता सम्पन्न

117
SHARES
खिजीदेम्बामा जातीय झाँकी प्रतियोगिता सम्पन्न

खिजीदेम्बा (ओखलढुंगा) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा बहुजातीय पहिचान, भाषा, संस्कार र सांस्कृतिक विविधता उजागर गर्ने उद्देश्यले आयोजित जातीय झाँकी प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी महासंघ समन्वय परिषद् खिजीदेम्बाको आयोजनामा चैत २८ गतेदेखि खिजीफलाटेमा सञ्चालन भएको प्रतियोगिता आज समापन गरिएको हो । समापन कार्यक्रममा हिजो सम्पन्न प्रतिस्पर्धाको नतिजा घोषणा गर्दै विजेता तथा सान्त्वना प्राप्त समूहलाई पुरस्कार वितरण गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा र उपाध्यक्ष सुशिला तामाङलगायत जनप्रतिनिधिहरूले सहभागी भई विजेताहरूलाई सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न जातीय नृत्य तथा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएका थिए ।

प्रतियोगितामा सुनुवार, शेर्पा, तामाङ, भुजेल र नेवार समुदायले आ–आफ्नो मौलिक संस्कृति झल्काउने आकर्षक झाँकी प्रस्तुत गरेका थिए, जसले स्थानीय सांस्कृतिक विविधताको समृद्ध चित्र प्रस्तुत गरेको थियो ।

चैत २८ गते भएको उद्घाटन समारोहमा कोशी प्रदेशका भौतिक योजना मन्त्री प्रदीपकुमार सुनुवार प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

आयोजकका अनुसार, यस्ता कार्यक्रमले विभिन्न समुदायबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक आदान–प्रदानलाई मजबुत बनाउने विश्वास गरिएको छ । साथै, स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन गर्ने र नयाँ पुस्तालाई आफ्नै संस्कृति र परम्पराप्रति सचेत बनाउने अपेक्षा गरिएको छ ।

खिजीदेम्बालाई सांस्कृतिक विविधताको केन्द्रका रूपमा विकास गर्दै समृद्ध गाउँपालिका निर्माणमा यस्ता गतिविधिहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । साथै, प्रतियोगिताले स्थानीय कला, संस्कार र पहिचानलाई राष्ट्रियस्तरसम्म पुर्‍याउने अवसर सिर्जना गर्ने आयोजकको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ३०, सोमबार १६:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP