मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोपाइँको प्रगति ७२ प्रतिशत, गत वर्षभन्दा १२ प्रतिशतले कम

1.4K
SHARES
रोपाइँको प्रगति ७२ प्रतिशत, गत वर्षभन्दा १२ प्रतिशतले कम

काठमाडौं । देशभर अहिले सम्म करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार देशभर हालसम्म करिब १० लाख हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ ।

नेपालमा कुल १४ लाख हेक्टर खेतियोग्य जमिनमा धान रोपाइँ हुने प्रक्षेपण गरिएको छ । मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार साउनको अन्तिमसम्म यदि मौसम अनुकूल रह्यो भने कुल रोपाइँ ९८ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

प्रदेशगत विवरण
सबैभन्दा अगाडि सुदूरपश्चिम प्रदेश देखिएको छ जहाँ ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यहाँ १ लाख ७१ हजार हेक्टरमा धान रोपिएको मन्त्रालयले जनाएको छ ।
कर्णाली र लुम्बिनी प्रदेशमा समान रूपमा ८८ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । बागमतीमा हालसम्म १ लाख ५ हजार हेक्टरमा रोपाइँ सकिएको छ ।

रोपाइँमा सुस्तता किन?
मन्त्रालयका अनुसार मौसमी प्रतिकूलता, अनावृष्टि, अतिवृष्टि र दैवी प्रकोपका कारण केही क्षेत्रमा रोपाइँ ढिलो भएको हो । तथापि, अझै पनि देशका थुप्रै भागमा रोपाइँ कार्य जारी रहेको मन्त्रालयको भनाइ छ ।

धान उत्पादन र जीडीपी
पछिल्लो आर्थिक वर्ष (२०८०÷८१) मा नेपालमा ५७ लाख २४ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । उत्पादनमा १० प्रतिशतको घटबढ हुँदा देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पनि १ प्रतिशतसम्म असर पर्ने मन्त्रालयले जनाएको छ ।

सूचना अधिकारी जोशीका अनुसार, यो वर्ष करिब ६० लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ । सोहीअनुसार करिब ३५ लाख मेट्रिकटन चामल उत्पादन हुने मन्त्रालयले जनाएको छ ।

उनले थपे, ‘तराई क्षेत्रलाई धान उत्पादनका लागि सबैभन्दा उपयुक्त मानिन्छ, जसको योगदान कुल उत्पादनको ७० प्रतिशत जति हुन्छ, बाँकी ३० प्रतिशत पहाडी क्षेत्रबाट आउँछ ।’

उन्नत बीउबिजन, प्रविधिको प्रयोग र कृषकहरूमा बढ्दो ज्ञानले आगामी दिनमा उत्पादन वृद्धि हुने मन्त्रालयको अपेक्षा छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ६, मंगलवार ०५:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP