मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता, दिउँसो अन्तिम नामावली र साँझ निर्वाचन चिह्न वितरण

988
SHARES
प्रतिनिधिसभा निर्वाचन: आज उम्मेदवारी फिर्ता, दिउँसो अन्तिम नामावली र साँझ निर्वाचन चिह्न वितरण

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूले आज उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाइनेछ । त्यसपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

त्यस्तै, अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय भएको छ ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत माघ ७ गते दाबी–विरोधका उजुरी दिने समय तोकिएको थियो । सोही दिन उम्मेदवारी पत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णयसहित उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको थियो ।

निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रबाट ३,४८६ उम्मेदवारी दर्ता भएका छन् । माघ ६ गते एकै दिन देशभर मनोनयनपत्र दर्ता सम्पन्न भएको हो ।

कुल उम्मेदवारीमध्ये ३,०८९ पुरुष, ३९६ महिला र एक जना अन्य रहेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ९, शुक्रबार ००:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP