मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गृह मन्त्रालयद्वारा प्रजिअसहित सहसचिव र उपसचिवको सरुवा

494
SHARES
गृह मन्त्रालयद्वारा प्रजिअसहित सहसचिव र उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले १८ भदौमा गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीको सरुवा गरिएको हो ।

निर्णयअनुसार सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै, जाजरकोटका प्रजिअ खडानन्द अधिकारीलाई बाराको प्रजिअ र बाराका प्रजिअ धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको प्रजिअ बनाइएको छ । गोरखाका प्रजिअ तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

खोटाङकी प्रजिअ रेखा कँडेललाई दोलखा र दोलखाका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । रौतहटका प्रजिअ दिनेश सागर भुसाल पनि गृह मन्त्रालयमा तानिएका छन् ।

रोल्पाका प्रजिअ गंगाबहादुर क्षेत्रीलाई पर्वत तथा पर्वतका प्रजिअ लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रजिअको जिम्मेवारी दिइएको छ ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत वेदराज फुयाँललाई डडेलधुराको प्रजिअ बनाइएको छ । डडेलधुराका प्रजिअ अमरबहादुर वलीलाई भने बाँकेको सहायक प्रजिअमा सरुवा गरिएको छ ।

यसैगरी गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रजिअ, बाँकेका सहायक प्रजिअ महेशकुमार गुरुङलाई खोटाङको प्रजिअ र उपसचिव बन्दना केसीलाई सल्यानको प्रजिअको जिम्मेवारी दिइएको छ । गणेश गैरैलाई म्याग्दीको प्रजिअ बनाइएको छ ।

बागलुङका सहायक प्रजिअ नवराज बराललाई जाजरकोटको प्रजिअका रूपमा पठाइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभाग, काठमाडौंमा सरुवा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २०, शनिबार ०६:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP