मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जनकपुरधामको कांग्रेस चुनावी सभा स्थगित

1.4K
SHARES
जनकपुरधामको कांग्रेस चुनावी सभा स्थगित

जनकपुरधाम । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेश प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ । निर्वाचन आयोगको निर्देशन तथा लागू आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम हालका लागि रोकिएको पार्टीले जनाएको छ ।

मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार आयोगबाट प्राप्त निर्देशनलाई ध्यानमा राख्दै पार्टीले जिम्मेवार निर्णय लिएको हो । उनले लोकतान्त्रिक अभ्यास र कानुनी मर्यादालाई उच्च प्राथमिकतामा राख्दै कांग्रेसले सभा स्थगन गरेको स्पष्ट पारे ।

गुप्ताले भने, “निर्वाचन आचारसंहिता सबै राजनीतिक दलले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषय हो । त्यसैअनुसार नेपाली कांग्रेसले आयोगको निर्णयलाई सम्मान गर्दै कार्यक्रम स्थगित गरेको हो ।”

उनका अनुसार स्थगित सभाको नयाँ मिति र कार्यक्रम तालिका राजनीतिक तथा निर्वाचनसम्बन्धी परिस्थितिअनुसार पछि सार्वजनिक गरिनेछ । पार्टीले मतदाता र आम नागरिकलाई भ्रममा नपर्न आग्रह गर्दै आगामी कार्यक्रमबारे आधिकारिक सूचनामार्फत जानकारी गराइने पनि जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ११, आईतवार ०५:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP