मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनका मृतकको सम्मानमा बुधबार सार्वजनिक बिदा

2.1K
SHARES
जेनजी आन्दोलनका मृतकको सम्मानमा बुधबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप यही असोज १ गते (बुधबार) नेपालभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार, भदौ २३ र २४ गतेको प्रदर्शनमा ज्यान गुमाउने मृतकप्रति श्रद्धाञ्जलीस्वरूप सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको हो ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवसका रूपमा मनाउने निर्णय गर्दै नेपालका सबै सरकारी कार्यालय, विदेशस्थित दूतावास र नियोगहरूमा समेत झण्डा आधा झुकाइने जनाएको थियो ।

सूचनामा भनिएको छ, “मिति २०८२ भाद्र २३ र २४ गते जेन-जी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन मिति २०८२।०६।०१ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८२/०५/३० गते निर्णय भएको व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३१, मंगलवार १२:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP