मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘सेना’ नामका समूहसँग वार्ता गर्न नहुने राईको धारणा

117
SHARES
‘सेना’ नामका समूहसँग वार्ता गर्न नहुने राईको धारणा

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ‘हिन्दू सम्राट सेना’ जस्ता नाम भएका समूहसँग सरकारले वार्ता गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा संवैधानिक रूपमा नेपाली सेना बाहेक अन्य कुनै ‘सेना’ नामधारी समूहको अस्तित्व स्वीकार्य नहुने बताएका हुन् ।

उनले गृहमन्त्री सुधन गुरुङले ‘हिन्दू सम्राट सेना’सँग संवाद गरेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै यस्ता समूहलाई सरकारले प्रतिबन्ध लगाउनुपर्ने र उनीहरूसँग कुनै प्रकारको वार्ता नगर्नुपर्ने धारणा राखे । राज्यले कानुनको शासन कायम गर्न यस्ता गतिविधिप्रति कडाइ अपनाउनुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष साम्पाङले आफू जनकपुर जाने क्रममा एक समूहले बाटो अवरुद्ध गर्दै कार्यक्रम नै रोक्ने प्रयास गरेको दाबी गरे । साउन ५ गते जनकपुरमा श्रमदातामाथि अज्ञात समूहले कुटपिट गरेको घटनाबारे गृहमन्त्रीलाई जानकारी गराउँदा पनि कुनै प्रभावकारी कारबाही नभएको भन्दै उनले सरकारसँग स्पष्ट जवाफ मागे ।

त्यसैगरी उनले कोशी ब्यारेजका ५६ वटा ढोका वर्षायाममा बन्द राखिँदा नेपाली भूभाग नै डुबानमा पर्ने समस्या दोहोरिँदै आएको उल्लेख गर्दै सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राखेर समाधान गर्नुपर्ने बताए ।

साम्पाङले सुनसरीलगायत विभिन्न स्थानमा हालै भएका घटनाको निष्पक्ष, पारदर्शी र सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न पनि सरकारसँग माग गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १९, मंगलवार ०८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP