मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकार बनाउने–भत्काउने खेलमा होमिनु हुँदैनः अध्यक्ष प्रचण्ड

3.4K
SHARES
सरकार बनाउने–भत्काउने खेलमा होमिनु हुँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सरकार निर्माण वा विघटनको समीकरणमा होइन, संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले १० बुँदे राजनीतिक ब्रिफिङ प्रस्तुत गर्दै संगठन निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् । बैठकमा सहभागी पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार प्रचण्डले पार्टीभित्रका आन्तरिक छलफलहरू सार्वजनिक नगर्न समेत आग्रह गरेका थिए ।

“उहाँले सरकार बनाउने वा भत्काउने विषयमा अहिलेको प्राथमिकता नभएको प्रस्ट पार्नुभयो,” पौडेलले भने, “पार्टीभित्रका कुरा बाहिर लैजानु हुँदैन भन्ने उहाँको स्पष्ट सन्देश छ ।”

प्रचण्डले पार्टीको स्थगित अभियान वर्षा सकिएपछि पुनः सञ्चालन गर्ने प्रस्ताव बैठकमा राखेका छन् ।

त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनको मिति तय गरिने पौडेलले जानकारी दिए ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक तीन दिनसम्म चल्ने छ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १६, शुक्रबार १२:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP