मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उत्तराखण्ड बाढीमा जाजरकोटका ७ को ज्यान गयो, ६ अझै सम्पर्कविहीन

2K
SHARES
उत्तराखण्ड बाढीमा जाजरकोटका ७ को ज्यान गयो, ६ अझै सम्पर्कविहीन

 

जाजरकोट । भारतको उत्तराखण्ड राज्यमा हालै आएको बाढीपहिरोले जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका सात जनाको ज्यान गएको छ भने अन्य ६ जनासँग अझैसम्म सम्पर्क हुन सकेको छैन ।

ज्यालामजदुरीका लागि भारत पुगेका १३ जना नेपाली मजदुर हराएका थिए । उनीहरूमध्ये सात जनाको शव फेला परेको छ । बाँकी छ जना अझै सम्पर्कविहीन रहेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

मंगलबार उत्तरकाशी जिल्लाको हर्सिल उपत्यकामा भीषण वर्षापछि आएको बाढीपहिरोले धराली गाउँमा ठुलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो । यही घटनामा टालेगाउँका १३ जना नेपाली मजदुर पनि फसेका थिए ।

ज्यान गुमाउनेमा करिब ४२ वर्षीय कर्णबहादुर सिंह, ४२ वर्षीय रामबहादुर सिंह, ४५ वर्षीय मानबहादुर सिंह, ३५ वर्षीय निमबहादुर सिंह, २४ वर्षीय रविन सिंह, जुम्ला तातोपानी गाउँपालिकाका जनकबहादुर शाही (जो ससुराली टालेगाउँमै बसेका थिए) र रुकुम पश्चिमका एक व्यक्ति (नाम खुलेको छैन) रहेका छन् ।

गाउँपालिकाले बिहीबार शोक विज्ञप्ति जारी गर्दै १३ जनाभन्दा बढी नेपाली सम्पर्कविहीन रहेको पुष्टि गरेको छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार घटना भएको दिन (साउन २० गते) वर्षाका कारण काम नपाएपछि सबै मजदुर टेन्टमै बसेका थिए । सोही क्रममा बाढीपहिरोले उनीहरूको ज्यान लिएको जनाइएको छ ।

दुर्घटनापछि मृतकका परिवार र आफन्तहरू चिन्तित र शोकमा डुबेका छन् । गाउँपालिकाले बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्य तत्काल प्रभावकारी बनाइनुपर्ने भन्दै नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न ध्यानाकर्षण गराएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २३, शुक्रबार ०४:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP