मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्रिपरिषद्का निर्णय: दुई दिन बिदा, वैशाख १५ देखि नयाँ शैक्षिक सत्र

442
SHARES
मन्त्रिपरिषद्का निर्णय: दुई दिन बिदा, वैशाख १५ देखि नयाँ शैक्षिक सत्र

काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो बसेको बैठकले आर्थिक, प्रशासनिक र शैक्षिक क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।

बैठकले विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । साथै सरकारी कार्यालय तथा शैक्षिक संस्थामा अबदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू गर्ने निर्णयसमेत गरिएको छ । बिदासँगै सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिने बताइएको छ ।

त्यसैगरी, मन्त्रिपरिषद्ले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय पनि गरेको छ । यसअघिका वर्षमा वैशाखको पहिलो साताबाट सुरु हुने शैक्षिक सत्र यसपटक केही ढिला गरेर सञ्चालन गर्ने निर्णय भएको हो ।

सरकारको यो निर्णयले प्रशासनिक कामकाजको समयतालिका, इन्धन आपूर्ति व्यवस्थापन र शैक्षिक तयारीलाई नयाँ ढंगले प्रभावित गर्ने अपेक्षा गरिएको छ । विशेषगरी दुई दिन बिदाको व्यवस्थाले सरकारी कार्यालय र शिक्षण संस्थाको कार्यशैलीमा नयाँ अभ्यास सुरु हुने देखिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय

  • डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमशः एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
  • दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।
  • नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।
  • राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।
  • पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने ।
  • शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।
  • डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।
  • आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २२, आईतवार १०:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP