मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेमा भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सुनौलो रङको तयारी

3K
SHARES
एमालेमा भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सुनौलो रङको तयारी

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा पार्टीभित्र भइरहेको विवादास्पद बहसमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साथै, पार्टी झण्डाको प्रतीकमा रहेको सेतो हँसिया–हथौडाको रङ सुनौलो बनाउने तयारीसमेत गरिएको छ ।

हालै साउन ६ र ७ गते च्यासलस्थित पार्टी कार्यालयमा सम्पन्न केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीबारे पार्टीभित्र भइरहेका टिप्पणी र बहसले एकता कमजोर बनाउने निष्कर्ष निकाल्दै त्यसमा रोक लगाउने निर्णय लिएको हो । सो निर्णय अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा ‘अपानि–१२’ नामक निर्देशनात्मक दस्तावेजमार्फत मातहत कमिटीमा पठाइएको छ ।

दस्तावेजमा भनिएको छ, “सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गरिमा र सम्मानमा आँच आउने खालका कुनै पनि बहस वा टिप्पणी अबदेखि गर्नु हुँदैन ।” एमालेले भण्डारीको विषयमा थप बहस रोक्न छुट्टै शीर्षक नै राखी स्पष्ट निर्देशन दिएको छ ।

भण्डारी सक्रिय राजनीतिमा फर्किने सम्भावनाबारे केन्द्रीय सचिवालय र पोलिटब्युरोस्तरसम्म मतभेद बढेपछि अन्ततः केन्द्रीय कमिटीले संवैधानिक हैसियतको हवाला दिँदै उनलाई सक्रिय राजनीतिबाट टाढा रहन आग्रह गरेको हो ।

एमालेले भनेको छ, “नेपालको संविधानले राष्ट्राध्यक्षको पद त्यागेपछि पूर्वराष्ट्रपतिले दलको सक्रिय राजनीतिमा फर्किने सम्भावना कल्पना गरेको देखिँदैन । डा. रामवरण यादवको उदाहरणलाई पनि स्मरणीय ठान्दै भण्डारीज्यू गणतन्त्रको गौरवका रूपमा बस्नुपर्छ ।”

एमालेको अपानि १२ मा यसरी उल्लेख छ, “पूर्वराष्ट्रपति भण्डारी पार्टीको सदस्य बन्ने वा सदस्यता नवीकरण गर्ने स्थितिमा रहनु हुँदैन । उहाँको सदस्यता नवीकरण प्रक्रिया सदर गर्न मिल्दैन ।” ओलीले जारी गरेको निर्देशनमा थप भनिएको छ, “सिङ्गो राष्ट्रको राष्ट्रपति भइसकेकी व्यक्तिलाई कार्यकर्ता बनाउनु उपयुक्त हुँदैन ।”

यससँगै पार्टी विधान संशोधनको मस्यौदामा समेत व्यापक परिवर्तन प्रस्ताव गरिएको छ । ७० वर्षे उमेर हद, दुई कार्यकालको सीमा हटाउने, पदाधिकारीको संख्या घटाउने, सदस्यता दुई श्रेणीमा वर्गीकरण गर्ने र केन्द्रीय कमिटीलाई २५१ सदस्यीय बनाउने जस्ता विषय समावेश छन् ।

अर्कोतर्फ, एमालेले पार्टी झण्डाको रङमा पनि परिवर्तन ल्याउने तयारी थालेको छ । हाल रातो पृष्ठभूमिमा सेतो हँसिया–हथौडा रहेको झण्डामा अब हँसिया–हथौडालाई सुनौलो रङमा परिवर्तन गर्ने प्रस्ताव गरिएको छ । एमाले दस्तावेजअनुसार, “अनुसूची–१ मा उल्लेखित पार्टी झण्डाको सेतो रङलाई सुनौलो बनाउने प्रस्ताव गरिएको छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १३, मंगलवार ११:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP