मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रसुवा बाढीपीडितका लागि चीनको राहतको दोस्रो खेप काठमाडौंमा

624
SHARES
रसुवा बाढीपीडितका लागि चीनको राहतको दोस्रो खेप काठमाडौंमा

काठमाडौं । रसुवामा बाढीपहिरोबाट प्रभावित नागरिकका लागि चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौं आइपुगेको छ ।

चिनियाँ जनमुक्ति सेना (पीएलए) को वायुसेनाको विमानमार्फत मंगलबार साँझ राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

राहत सामग्रीसँगै पाँच जना चिनियाँ डीएनए पहिचान विशेषज्ञसमेत नेपाल आएका छन् । उनीहरूले बाढीपहिरोमा परी बेपत्ता भएका तथा मृत्यु भएकाहरूको पहिचान गर्न नेपाली पक्षलाई प्राविधिक सहयोग गर्नेछन् ।

विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका थिए । सो क्रममा मन्त्री पुनसहित नेपाली प्रतिनिधिले चिनियाँ विशेषज्ञ टोलीको स्वागत गरेका थिए ।

चीनबाट प्राप्त सामग्रीमा ड्रोन, डीएनए परीक्षणका उपकरण, पानी शुद्धीकरण सामग्री तथा उद्धार र खोजी कार्यमा प्रयोग हुने अन्य आवश्यक प्राविधिक उपकरण रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १७, बुधबार ०१:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP