मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोहित पौडेलको शतक पनि व्यर्थ, नेपाल फेरि पराजित

3.7K
SHARES
रोहित पौडेलको शतक पनि व्यर्थ, नेपाल फेरि पराजित

काठमाडौं । कप्तान रोहित पौडेलको शानदार शतकले पनि नेपाललाई जित दिलाउन सकेन । दुबईमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले यूएईसँग पाँच विकेटको हार व्यहोरेको छ ।

यसअघि अमेरिकासँग पनि पराजित भएको नेपालले लगातार दोस्रो हारको सामना गरेको हो ।

२३४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको यूएईले ४३.३ ओभरमै २३७ रन बनाउँदै जित दर्ता गर्‍यो । टीमका ओपनर आर्यांश शर्माले ९८ रनको शानदार इनिङ खेले भने एलिशान शराफुले ४५ रनको योगदान दिए । अन्य खेलाडीमध्ये मुहम्मद वसीमले २६, राहुल चोपडाले १५, हर्षित कौशिकले १३ रन बनाए ।अन्त्यतिर ध्रुव पराशर (१६) र जाहिद अली (६) नटआउट रहे ।

नेपालका बलरहरूबाट सन्दीप लामिछानेले २ विकेट, करण केसी र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए भने अन्य बलरहरू विकेटविहीन रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन मात्रै बनायो । कप्तान रोहित पौडेलले कप्तानी इनिङ खेल्दै १२९ बलमा १०९ रन बनाए । उनले १२६ बलमा आफ्नो शतक पूरा गरेका थिए ।

आसिफ शेखले ३५ रन, आरिफ शेखले २७ रन, दीपेन्द्र सिंह ऐरीले २३ रनको योगदा गरे । त्यस्तै कुशल भुर्तेल (७), भीम सार्की (३), गुल्सन झा (०), सोमपाल कामी (६), करण केसी (१३) ले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

यूएईका लागि जाहिद अलीले ४ विकेट, जुनैद सिद्दिकीले ३ विकेट, र मुहम्मद रोहिद तथा हैदर अलीले १–१ विकेट लिए ।

यो जितपछि यूएईले १८ खेलबाट ८ अंक हासिल गर्दै अन्तिम स्थानमै रहेको छ । नेपालले १८ खेलमा ५ जितका साथ १२ अंक बटुलेको छ भने अमेरिका २२ खेलमा १६ जित र ३२ अंकसहित शीर्ष स्थानमा छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १३, बिहीबार १३:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP