मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर १६ राजमार्ग अवरुद्ध, ८ एकतर्फी सञ्चालन

1.5K
SHARES
देशभर १६ राजमार्ग अवरुद्ध, ८ एकतर्फी सञ्चालन

काठमाडौं । नेपाल प्रहरीले देशभरका विभिन्न राजमार्गहरूको पछिल्लो अवस्था सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार हाल देशभरका १६ मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेका छन् भने ८ वटा राजमार्ग एकतर्फी मात्र सञ्चालन भइरहेको छ । लगातारको वर्षाका कारण धेरै स्थानमा पहिरो खस्दा यातायात पूर्ण रूपमा प्रभावित बनेको हो ।

प्रहरीले दिएको जानकारीअनुसार कर्णाली प्रदेशको यातायात सञ्जाल सबैभन्दा बढी अवरुद्ध भएको छ । मुख्य राजमार्गदेखि वैकल्पिक मार्गसम्म विभिन्न ठाउँमा पहिरो र सडक कटानका घटना भएकाले यातायात अवरुद्ध भएको हो । यात्रुहरू बिचल्लीमा परेका छन् भने दैनिक आपूर्ति प्रणालीमा समेत असर परेको छ ।

यातायात व्यवस्था कार्यालय र प्रहरीको समन्वयमा वैकल्पिक मार्ग पहिचान गर्ने प्रयास भइरहेको छ । तर निरन्तरको वर्षा र नयाँ पहिरो खस्ने क्रम जारी रहेकाले तत्कालै सहज बनाउन कठिनाइ भएको अधिकारीहरूले बताएका छन् ।

प्रहरीका अनुसार धादिङतर्फको सितापाइलाबाट धार्के जाने सडक पनि अवरुद्ध भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १५, आईतवार ०४:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP