मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जापानको शानदार प्रदर्शन, ट्युनिसियालाई ४–० ले हराउँदै नकआउट नजिक

195
SHARES
जापानको शानदार प्रदर्शन, ट्युनिसियालाई ४–० ले हराउँदै नकआउट नजिक

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–० को प्रभावशाली जित दर्ता गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

मेक्सिकोको मोन्टेरेस्थित स्टाडियो मोन्टेरीमा सम्पन्न खेलमा जापानले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको थियो । खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

जापानका लागि असाय उएदाले दुई गोल गरे भने दाइची कामाडा र जुन्या इटोले समान एक–एक गोल थपे । जापानी टोलीले खेलभरि ट्युनिसियामाथि दबाब कायम राख्दै सहज जित निकालेको हो ।

यस जितसँगै जापानले दुई खेलबाट चार अंक जोडेको छ । समान चार अंक रहेको नेदरल्यान्ड्ससँग जापान समूहको शीर्ष स्थानका लागि प्रतिस्पर्धामा रहेको छ । जापानले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको थियो ।

लगातार दोस्रो हार व्यहोरेको ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ । यसअघि ट्युनिसिया स्वीडेनसँग ५–१ गोलअन्तरले पराजित भएको थियो ।

विश्वकपमा जापान र ट्युनिसिया २००२ पछि पहिलोपटक आमनेसामने भएका हुन् । त्यतिबेला पनि जापानले ट्युनिसियालाई २–० ले पराजित गरेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ७, आईतवार ०६:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP