मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिफा विश्वकप–२०२६: मोरक्को र अमेरिका नकआउट चरणमा

169
SHARES
फिफा विश्वकप–२०२६: मोरक्को र अमेरिका नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत सम्पन्न खेलहरूमा मोरक्को र अमेरिकाले महत्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् ।

समूह ‘सी’ को खेलमा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गर्दै अन्तिम ३२ मा प्रवेश गरेको हो । खेल सुरु भएको दोस्रो मिनेटमै इस्माइल साइबेरीले गरेको गोल नै मोरक्कोको जितका लागि पर्याप्त बन्यो ।

साइबेरीको यो गोल जारी विश्वकपको हालसम्मकै सबैभन्दा छिटो गोलसमेत बनेको छ । यसअघि मोरक्कोले आफ्नो पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी खेलेको थियो ।

यता, स्कटल्यान्डले अघिल्लो खेलमा हाइटीलाई १–० ले हराएको भए पनि मोरक्कोविरुद्ध अंक जोड्न सकेन ।

त्यसैगरी समूह ‘डी’मा सहआयोजक अमेरिका पनि नकआउट चरणमा पुगेको छ । सियाटलमा भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई २–० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो ।

अमेरिकाले खेलको ११औँ मिनेटमा अस्ट्रेलियाका रक्षक क्यामरुन बुर्गेसको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । त्यसपछि ४३औँ मिनेटमा एलेक्स फ्रिम्यानले हेडमार्फत् गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा अस्ट्रेलियाले केही अवसर सिर्जना गरे पनि गोल फर्काउन नसक्दा अमेरिकाले सहज जित हात पार्यो ।

यसअघि अमेरिका पाराग्वेमाथि ४–१ को प्रभावशाली जित निकाल्न सफल भएको थियो । लगातार दुई खेल जित्दै अमेरिका नकआउट चरणमा पुग्दा यो उपलब्धि उसले ९६ वर्षपछि पहिलो पटक हासिल गरेको हो ।

यसअघि समूह ‘ए’ बाट सहआयोजक मेक्सिकोले पनि नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ६, शनिबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP