मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कक्षा १२ को नतिजा सार्वजनिकः पाँच वर्षयताकै उच्च ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

182
SHARES
कक्षा १२ को नतिजा सार्वजनिकः पाँच वर्षयताकै उच्च ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा आंशिकतर्फको परीक्षाफल शुक्रबार सार्वजनिक गरेको छ । यस वर्षको नतिजाअनुसार कुल ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, जुन पछिल्लो पाँच वर्षयताकै उच्च सफलता दर हो ।

बोर्डका अनुसार सबै विषयमा ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या २ लाख ६८ हजार १९० रहेको छ । यसमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० विद्यार्थी रहेका छन् ।

नतिजा अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

यस वर्षको नतिजाले अघिल्लो वर्षको तुलनामा सुधार देखाएको छ । २०८२ सालमा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने यस वर्ष उक्त दर करिब ३ प्रतिशतले बढेर ६४.१३ प्रतिशत पुगेको छ ।

पछिल्ला वर्षहरूको तथ्यांक हेर्दा २०७८ मा ४६.४ प्रतिशत, २०७९ मा ५१.९१ प्रतिशत, २०८० मा ५०.९१ प्रतिशत र २०८१ मा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यस आधारमा २०८३ सालको नतिजा पछिल्लो पाँच वर्षकै उत्कृष्ट रहेको बोर्डले जनाएको छ ।

विद्यार्थीहरुले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np तथा नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ५, शुक्रबार ०५:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP