मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको महाधिवेशन मिति विवाद: संस्थापन पक्ष वैशाखमा, गगन समूह पुसमा मागमा अडिग

1.2K
SHARES
कांग्रेसको महाधिवेशन मिति विवाद: संस्थापन पक्ष वैशाखमा, गगन समूह पुसमा मागमा अडिग

काठमाडौं । नेपाली कांग्रेसभित्र १५औं महाधिवेशनको मितिलाई लिएर विवाद चर्किएको छ । पार्टीको संस्थापन पक्षले आगामी २७ देखि ३० वैशाखसम्म नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ भने संस्थापन इतर समूहले भने पुस महिनाभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान लिएको छ ।

ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा सहमहामन्त्री महेन्द्र यादवले संस्थापन पक्षको तर्फबाट वैशाखको अन्तिम साता महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् । यादवले संगठन सुदृढीकरण, निर्वाचन तयारी र प्रदेश अधिवेशनका बाँकी कामहरू सम्पन्न गर्न आवश्यक समय दिनुपर्ने तर्क अघि सारे ।

तर, सो बैठकमै महामन्त्री गगन थापाले फरक मत प्रस्तुत गरे । उनले पार्टीको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै आगामी १६ देखि १९ पुसभित्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव राखे । थापाको भनाइमा, “पार्टीको लोकतान्त्रिक परम्परा जोगाउन र नेतृत्वमा उत्तरदायित्व कायम राख्न समयमै महाधिवेशन गर्नु जरुरी छ ।”

कांग्रेसभित्र अहिले दुई धार स्पष्ट देखिएका छन्— अध्यक्ष शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले महाधिवेशन केही पर सार्न खोज्दैछ भने युवा पुस्ता नेतृत्वमा रहेका गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङ समूहले पुसमै निर्वाचनको मिति टुंग्याउन दबाब दिइरहेका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरूले पनि विभिन्न धारणा राखेका छन् । केही नेताहरूले संगठनात्मक काम पूरा नगरी महाधिवेशनको मिति तोक्न हतारो नगर्न सुझाव दिएका छन् भने अन्यले नेतृत्वले पटक–पटक मिति सार्दै आन्तरिक असन्तुष्टि बढाएको आरोप लगाएका छन् ।

पार्टी स्रोतका अनुसार, यस विषयमा अन्तिम निर्णय केही दिनभित्रै हुनेछ । तर नेताहरूबीच सहमति जुटाउन कठिन देखिएको छ । यदि सहमति भएन भने, कांग्रेसमा पुनः आन्तरिक ध्रुवीकरण र नेतृत्व चुनौती बढ्ने संकेत देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १८, मंगलवार १०:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP