मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल सिजन २ः सुदूरपश्चिम रोयल्स फाइनलमा

2.1K
SHARES
एनपीएल सिजन २ः सुदूरपश्चिम रोयल्स फाइनलमा

काठमान्डु । जारी नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटको सिजन २ अन्तर्गत मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर बोल्ट्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले १५५ रनको सम्मानजनक योगफल बनायो । ओपनर बिनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ५२ बलमा ६३ रनको शानदार पारी खेले । उनले ३ चौका र २ छक्का प्रहार गर्दै इन्चार्ज इनिङ खेलेका थिए । शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोडे भने हर्मित सिंहले १४ रन योगदान दिए ।

बलिङतर्फ विराटनगरका प्रतिश जिसी र मर्चान्ट डि ल्याङ्गे ले दुई-विकेट लिए भने वाशिर अहमद, सूर्य तामाङ र साम हेजलेटले एक-एक विकेट लिए ।

१५६ रनको लक्ष्य पछ्याउन आएको विराटनगर ब्याटिङमा सुरुबाटै दबाबमा पर्‍यो । ओपनर साम हिजलेट गोल्डेन डकमा आउट भए भने नरेन भट्ट पनि उहि बाटो पछ्याउँदै पेभिलियन फर्किए । मार्टिन गुप्टिल ३ बलमा ३ रन बनाएर रन आउट हुँदा टीम थप संकटमा पर्‍यो ।

फाफ डुप्लेसीले ३६ रन बनाएर केही प्रतिरोध गरे पनि अन्य ब्याटर जम्न नसक्दा विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटियो । यसअघि सिजनकै सबैभन्दा कम स्कोर चितवनको ८९ रन थियो, जुन विराटनगरले तोडेको छ ।

सुदूरपश्चिमका बलरहरूले सामूहिक प्रदर्शन गरे । स्कट कुगेलेइजन, हर्मित सिंह र अभिनाश बोहोराले समान २-२ विकेट लिए भने हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीको नाममा १-१ विकेट रह्यो । गुप्टिल र प्रतीस जीसी रन आउट भएका थिए ।

सुदूरपश्चिमले लिग चरणमै हराएको बदला लिएको छ । विराटनगरको फाइनल पुग्ने सम्भावना अझै कायम छ । उसले इलिमिनेटरको विजेता (काठमाडौं गोर्खाज वा लुम्बिनी लायन्स) सँग दोस्रो क्वालिफायर खेल्नेछ । त्यो खेल जिते फेरि फाइनलमा सुदूरपश्चिमसँग भिड्ने मौका मिल्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २३, मंगलवार १५:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP