मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नख्खु कारागारबाट भागेका सञ्जय टक्ला काभ्रेबाट पक्राउ

2K
SHARES
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला काभ्रेबाट पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको सुरक्षात्मक अव्यवस्थाका बीच नख्खु कारागारबाट फरार भएका पूर्वराज्यमन्त्री सञ्जय साह उर्फ टक्ला काभ्रेबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले विशेष सूचनाका आधारमा टक्लालाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई अब पुनः कारागारमा पठाउने तयारी भइरहेको छ ।

टक्ला हाल जन्मकैदको सजाय भोगिरहेका थिए । उनी १२ वर्षदेखि जेलमा थिए । उनी जनकपुरको २०६९ वैशाख १८ गतेको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा अदालतबाट दोषी ठहर भएका थिए । उक्त विस्फोटमा ५ जनाको ज्यान गएको थियो ।

टक्लालाई जनकपुरको रेडियो टुडेका सञ्चारकर्मी अरुण सिंहानिया हत्याकाण्डको योजनाकारका रूपमा समेत अदालतले दोषी ठहर गरिसकेको छ ।

जेनजी समूहको प्रदर्शनका क्रममा नख्खु कारागारमा भएको तनावपछि कैदीहरूले विद्रोह गरेका थिए । सुरुमा सहकारी ठगी अभियोगमा रहेका रवि लामिछानेलाई कारागारबाट निकालिएको थियो । त्यसपछि टक्लालगायत अन्य थुप्रै कैदी भाग्न सफल भएका थिए । उनीहरूले कारागारमा आगजनी समेत गरेका थिए ।

टक्लाको पक्राउसँगै प्रहरीले अन्य फरार कैदीहरूको खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार ११:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP