मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संघीय संदका बैठक सिंहदरबारकै नयाँ भवनबाट बैठक सञ्चालन हुने

2K
SHARES
संघीय संदका बैठक सिंहदरबारकै नयाँ भवनबाट बैठक सञ्चालन हुने

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक अब नयाँ बानेश्वरस्थित संसद भवनमा नबस्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको संसद भवनको निरीक्षणपछि अन्तरिम सरकारका मन्त्रीहरूले बैठक अब सिंहदरबारमा निर्माणाधीन नयाँ भवनमा सञ्चालन गरिने बताएका छन् ।

ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङका अनुसार आगामी पुस महिनासम्म सिंहदरबारमा निर्माणाधीन संसद भवनको काम सकिनेछ र त्यही भवनबाट नयाँ निर्वाचित सांसदहरूले कार्य प्रारम्भ गर्नेछन् ।

घिसिङले आन्दोलनकारीको आक्रमण र आगलागीले क्षतिग्रस्त नयाँ बानेश्वरस्थित संसद भवनलाई भने पुरानै स्वरूपमा पुनःनिर्माण गर्ने योजना रहेको जानकारी दिए । उनका अनुसार तत्काल सरसफाइ र डिजाइनको काम अघि बढाइनेछ भने अल्पकालीन र दीर्घकालीन योजनाअनुसार पुनर्निर्माण सुरु गरिनेछ ।

निरीक्षणमा मन्त्री घिसिङसँगै अर्थमन्त्री रामेश्वर खनाल र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी भएका थिए । भदौ २३ र २४ गते चर्किएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले संसद भवनलाई मुख्य निशाना बनाएका थिए । आगलागीका कारण भवन पूर्णरूपमा जलेर ध्वस्त भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १, बुधबार १२:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP