मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बीपी राजमार्गमा राति गाडी चलाउन एक महिना रोक, जोखिम न्यूनीकरणको प्रयास

3.1K
SHARES
बीपी राजमार्गमा राति गाडी चलाउन एक महिना रोक, जोखिम न्यूनीकरणको प्रयास

काभ्रेपलाञ्चोक । बाढी र पहिरोको बढ्दो जोखिमका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आज (साउन १ गते) देखि एक महिनासम्म राति गाडी चलाउन रोक लगाइएको छ । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले काभ्रेभञ्ज्याङदेखि सिन्धुली सिमाना नेपालथोकसम्मको राजमार्ग खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन निषेध गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासनले जारी गरेको सार्वजनिक सूचनामा मनसुन सक्रिय रहँदा बाढीपहिरोको सम्भावित जोखिमलाई लिएर सतर्कता अपनाइएको उल्लेख छ । जोखिम न्यूनीकरण तथा जनधनको सुरक्षालाई प्राथमिकतामा राख्दै यातायात रोक्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

यसअघि पनि असार महिनाको दोस्रो साता यता दस दिनसम्म रातको समयमा राजमार्गमा आवागमन रोकिएको थियो । त्यतिबेला सवारीहरूलाई काभ्रेको काभ्रेभञ्ज्याङ र सिन्धुलीको खुर्कोटमा रोकिने व्यवस्था गरिएको थियो । पछिल्लो निर्णयअनुसार अब सवारीहरू सिन्धुलीतर्फबाट आउनेलाई नेपालथोकमा र काठमाडौंतर्फ जानेलाई काभ्रेभञ्ज्याङमै रोकिनेछ ।

गत एक सातामै काभ्रेपलाञ्चोक खण्डमा चारपटक बाढी र पहिरोका कारण सडक अवरुद्ध भइसकेको छ । यस्तै, अघिल्लो वर्षको असोजमा परेको बाढीले चौकीडाँडादेखि वर्षेखोलासम्मको करिब आठ किलोमिटर सडक बगाएपछि कतै एकतर्फी त कतै दुइतर्फी गरी अस्थायी रूपमा सडक सञ्चालन गरिएको थियो ।

राजमार्गको १६० किलोमिटर दूरीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्मको ३४ किलोमिटर र त्यसपछि नेपालथोकदेखि धुलिखेलसम्मको ५० किलोमिटर खण्डमा विशेषगरी ठूलो क्षति पुगेको छ ।

स्थायी सुधारका लागि सरकारले राजमार्गलाई चार खण्डमा विभाजन गर्दै निर्माण तथा मर्मतको प्रक्रिया अघि बढाएको छ । बीपी राजमार्ग पूर्वी नेपाल जोड्ने छोटो तथा व्यस्त मार्गको रूपमा परिचित छ, जहाँ दैनिक हजारौं सवारी साधन चल्ने गर्छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १, बिहीबार ११:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP