मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यकाको न्यूनतम तापक्रम शनिबारभन्दा आइतबार झनै घट्यो

2.2K
SHARES
उपत्यकाको न्यूनतम तापक्रम शनिबारभन्दा आइतबार झनै घट्यो

काठमान्डु । शनिबारको तुलनामा काठमान्डु उपत्यकाको न्यूनतम तापक्रम आइतबार केही घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे गरिएको मापनमा उपत्यकाको तापक्रम ६.६ डिग्री सेल्सियसमा झरेको हो ।

हिजो यही समयमा न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो, जुन पछि बिहान ८ः४५ बजे झनै घटेर ६.७ डिग्री सेल्सियस पुगेको थियो । आजको आधिकारिक न्यूनतम तापक्रम महाशाखाले बिहान ८ः४५ बजे मात्र सार्वजनिक गर्नेछ, जसअघिसम्म हाल मापन गरिएको तापक्रमभन्दा अझै कम हुनसक्ने बताइएको छ।

यद्यपि देशभर चिसो बढ्दो क्रममै रहे पनि दैनिक तापक्रममा उतार–चढाव देखिने मौसमविद्हरू बताउँछन् । राति आकाशमा बादल लागेमा बिहानको न्यूनतम तापक्रम केही उच्च देखिन्छ भने रातभर आकाश सफा रहँदा तापक्रम घट्ने गर्दछ ।

मौसम महाशाखाले प्रत्येक दिन काठमान्डुसहित देशका विभिन्न ठाउँको न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ । मौसमविद्हरूका अनुसार न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ । दिनभरको सबैभन्दा कम तापक्रमलाई न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम मानिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १४, आईतवार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP