मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएलमा आज दुई रोचक भिडन्त: जनकपुर–चितवन र पोखरा–कर्णाली आमनेसामने

2.4K
SHARES
एनपीएलमा आज दुई रोचक भिडन्त: जनकपुर–चितवन र पोखरा–कर्णाली आमनेसामने

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) टी२० क्रिकेट अन्तर्गत आज दुई भिडन्त हुँदैछ । सोमबारको ‘ब्रेक’पछि आजको लागि निर्धारित दुई महत्वपूर्ण खेलले तालिकाको अवस्था थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

पहिलो खेलः जनकपुर र चितवन

मंगलबार बिहान ११ः४५ बजे सुरू हुने पहिलो खेलमा जनकपुर र चितवन भिड्दैछन् । साविक विजेता जनकपुर यस सिजन निकै कठिन अवस्था गुज्रेको छ । चार खेल खेले पनि जितको स्वाद नचाखेको जनकपुरका लागि आजको खेलमा सान्त्वना जित मात्रै होइन, प्रतियोगितामा टिकिरहने सम्भावनाको पनि सवाल जोडिएको छ ।

उता चार अंक जोडिसकेको चितवन जनकपुरलाई पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गर्ने योजनासहित मैदान उत्रिने छ ।

दोस्रो खेलः पोखरा र कर्णाली

अपराह्न ४:00 बजे निर्धारित दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । दुवै टोलीका २–२ अंक मात्र भएकाले दुवैका लागि यो खेल ‘अवसर वा अन्तिम आशा’ समान मानिएको छ । कर्णालीले ५ खेल र पोखराले ४ खेल खेलेको छ । अंक तालिकाको तल्लो भागमा रहेका यी दुई टोली विजयका लागि मैदानमा उत्रनेछन् ताकि प्रतियोगितामा आफ्नो सम्भावना बाँकी राख्न सकून् ।

१९ खेलपछि तालिका रोचक

एनपीएलका १९ खेल सकिँदा अंक तालिका निकै चाखलाग्दो बनेको छ। सुदूरपश्चिम अपराजित रहँदै १० अंकसहित प्लेअफमा पुगिसकेको छ भने काठमान्डुले ८ अंक जोडेको छ । विराटनगरले पनि समान ८ अंक छ । रनरेटका आधारमा काठमान्डु दोस्रो स्थानमा उक्लिएको छ भने विराटनगर तेस्रो स्थानमा छ ।

अब बाँकी खेलहरूले प्लेअफ समीकरणलाई अझै तीव्र प्रतिस्पर्धात्मक बनाउने देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १६, मंगलवार ००:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP