मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले सचिवालय बैठक आइतबार ओली निवासमा, ‘जेनजी’ प्रदर्शनपछि पहिलोपटक बस्दै

2.1K
SHARES
एमाले सचिवालय बैठक आइतबार ओली निवासमा, ‘जेनजी’ प्रदर्शनपछि पहिलोपटक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निजी निवासमा आयोजना हुनेछ ।

गौतमका अनुसार बैठकमा हालै सम्पन्न ‘जेनजी’ प्रदर्शनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे विस्तृत छलफल हुनेछ । त्यस घटनाक्रमले पार्टीभित्र पारेको असर, रणनीतिक प्रतिक्रिया तथा आगामी कदमबारे बैठकमा गम्भीर समीक्षा गरिने बताइएको छ ।

साथै, पार्टीको भूमिकाबारे स्पष्टता ल्याउने, संगठनात्मक सुदृढीकरण गर्ने र भावी कार्यक्रम निर्धारण गर्ने विषयमा पनि बैठकमा ठोस निर्णय लिइने अपेक्षा गरिएको छ ।

जेनजी आन्दोलनपछिको यो पहिलो सचिवालय बैठक हो, जसले एमालेको आगामी कार्यदिशा तय गर्ने संकेत गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ११, शनिबार १४:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP