मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओरालो लाग्दै सुनुको भाउ, प्रतितोला ५२ हजार ७ सयले घट्यो

650
SHARES
ओरालो लाग्दै सुनुको भाउ, प्रतितोला ५२ हजार ७ सयले घट्यो

काठमाडौं । गत शुक्रबारदेखि ओरालो लागेको सुनको मूल्य सोमबार पनि घट्ने क्रममै देखिएको छ । लगातार तेस्रो दिन गिरावट जारी रहँदा आज पहेँलो धातुको भाउ प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ । केही दिनअघिसम्म ऐतिहासिक उचाइमा पुगेको सुनको भाउ छोटो अवधिमै अस्वाभाविक रूपमा घटेको देखिन्छ ।

गत बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो । तर त्यसको भोलिपल्ट शुक्रबार नै सोही दरले घट्दै गिरावट सुरु भएको थियो ।

आइतबारसम्म पनि ओरालो यात्राले निरन्तरता पायो । उक्त दिन थप १८ हजार ८ सय रुपैयाँ घटेर सुनको मूल्य ३ लाखमा झरेको थियो । आजको कटौतीसँगै पछिल्लो चार दिनमा सुनको भाउ कुल ५२ हजार ७ सय रुपैयाँले घटिसकेको छ ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो बन्दै जानु र केन्द्रीय बैंकहरूको नीतिगत संकेतमा आएको परिवर्तनले सुनको माग कमजोर बनेको छ । सामान्य अवस्थामा विश्वबजारमा अनिश्चितता बढ्दा सुन सुरक्षित लगानीका रूपमा महँगिने गर्छ, तर पछिल्ला आर्थिक सूचकहरूमा सुधार देखिएपछि लगानीकर्ताहरू अन्य क्षेत्रतर्फ सरेका छन् ।

नेपाली सुनचाँदी बजार अन्तर्राष्ट्रिय मूल्यमा पूर्ण रूपमा निर्भर रहने भएकाले बाह्य बजारको सानो उतारचढावले पनि यहाँ ठूलो असर पर्ने गरेको छ । विवाह र चाडपर्वको मौसम नजिकिँदै गर्दा आएको यो ठूलो गिरावटले उपभोक्तालाई भने केही राहत दिएको छ, तर सुनलाई लगानीको माध्यम बनाउनेहरूमा भने चिन्ता थपिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १९, सोमबार ०७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP