मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

2.8K
SHARES
वेस्ट इन्डिजमाथि नेपालको  ऐतिहासिक जित

शारजाह (युएई) । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले पहिलोपटक कुनै फुल टेस्ट स्टाटस प्राप्त टोलीसँग भिड्दै टी–२० अन्तर्राष्ट्रिय जित निकालेको हो ।

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन मात्र बनाउन सक्यो । यस जितसँगै नेपालले तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा १–० को अग्रता लिएको छ ।

नेपालको बलिङ आक्रमणमा वेस्ट इन्डिज धराशायी
नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए । नन्दन यादव, ललित राजवंशी, रोहित पौडेल र करण केसीले समान १–१ विकेट झारे । ओपनर केली मेयर्स रन आउट हुँदा वेस्ट इन्डिजको सुरुवात कमजोर रह्यो । नभिन विदाइसीले सर्वाधिक २२ रन बनाए पनि टोलीलाई जितको नजिक पुर्‍याउन सकेनन् ।

नेपाली पारीको पुनर्निर्माणमा कप्तान पौडेल चम्किए
टस हारेर पहिले ब्याटिङको मौका पाएको नेपालले ८ विकेटको क्षतिमा १४८ रन बनायो । सुरुवातमा दुई विकेट छिट्टै गुमाएपछि कप्तान रोहित पौडेल र कुशल मल्लले पारी सम्हाले । पौडेलले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३८ रन बनाए भने मल्लले ३० रनको योगदान दिए ।

गुल्सन झाले १६ बलमा २२ रन बनाए । अन्तिम ओभरसम्म विकेट पतनको क्रम जारी रहँदा सोमपाल कामी (६) र नन्दन यादव (७) अविजित रहे ।

होल्डरको चार विकेट, तर जितका लागि पर्याप्त भएन
वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने नविन विदाइसीले ३ विकेट झारे । तर बलरहरूको प्रयास वेस्ट इन्डिजलाई जित दिलाउन पर्याप्त बनेन ।

सिरिजको दोस्रो टी–२० खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार शारजाहमै हुनेछ । पहिलो खेलको जितले नेपाली टोलीमा आत्मविश्वास थपेको छ, अब सिरिज जित्ने अवसर नेपालसँग छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १२, आईतवार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP