मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोनाल्डो गोलविहीन, कंगोले पोर्चुगललाई रोक्यो

130
SHARES
रोनाल्डो गोलविहीन, कंगोले पोर्चुगललाई रोक्यो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) ले उपाधि दाबेदार पोर्चुगललाई १–१ को बराबरीमा रोकेको छ ।

अमेरिकाको ह्युस्टनमा भएको खेलमा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगलले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

खेलको छैटौँ मिनेटमै पेड्रो नेटोको क्रसमा जाओ नेभासले हेडमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसपछि पोर्चुगलले थप अवसर सिर्जना गरे पनि गोल गर्न असफल रह्यो ।

पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा योएने बिसाले गोल गर्दै डीआर कंगोलाई १–१ को बराबरीमा पुर्‍याए । दोस्रो हाफमा दुवै टोलीले प्रयास गरे पनि थप गोल हुन सकेन ।

५२ वर्षपछि विश्वकपमा फर्किएको डीआर कंगोले बलियो प्रतिद्वन्द्वीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै सबैलाई चकित पारेको छ ।

यस खेलमा रोनाल्डोको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन । अन्तर्राष्ट्रिय फुटबलमा १४७ गोल गरिसकेका उनी कंगोविरुद्ध भने गोलविहीन रहे ।

फ्रान्स र स्पेनसँगै पोर्चुगललाई यस विश्वकपको उपाधि दाबेदार मानिए पनि पहिलो खेलमै अंक बाँड्नुपर्दा टोलीमाथि दबाब बढेको छ । पोर्चुगलको उत्कृष्ट विश्वकप उपलब्धि सन् १९६६ मा तेस्रो स्थान हासिल गर्नु हो भने सन् २००६ मा टोली सेमिफाइनलसम्म पुगेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ४, बिहीबार ००:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP