मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता

4.3K
SHARES
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपालले पाउँदै आएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो ।

माधवकुमार नेपाललाई यसअघि १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी गरी १८ जना सुरक्षाकर्मी सुरक्षा व्यवस्थाका लागि खटाइएका थिए । तर, हाल सरकारले उक्त सुविधा कटौती गर्दै सम्पूर्ण सुरक्षाकर्मी फिर्ता गरेको हो ।

सरकारको यो निर्णयसँगै, पूर्वप्रधानमन्त्रीहरुको सुरक्षासम्बन्धी व्यवस्थामा नयाँ नीति लागू भएको बुझिन्छ । यसअघि पनि पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुरक्षाकर्मी फिर्ता गरिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ११, मंगलवार १४:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP