मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वेस्ट इन्डिजविरुद्ध दोस्रो टी–२० खेलमा नेपाल आज मैदानमा, ऐतिहासिक सिरिज जितको अवसर

2.2K
SHARES
वेस्ट इन्डिजविरुद्ध दोस्रो टी–२० खेलमा नेपाल आज मैदानमा, ऐतिहासिक सिरिज जितको अवसर

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल आज (सोमबार) राति मैदानमा उत्रिनेछ । खेल यूएईको सारजाह क्रिकेट मैदानमा राति नेपाली समयअनुसार ८ः१५ बजे सुरु हुनेछ ।

तीन खेलको सिरिज अन्तर्गत ‘युनिटी कप’ नाम दिइएको प्रतियोगितामा नेपालले पहिलो खेलमा १९ रनले कीर्तिमानी जित हात पारेको थियो । सो जितसँगै नेपालले पूर्ण टेस्ट मान्यता प्राप्त टोलीविरुद्ध पहिलो पटक ऐतिहासिक सफलता पाएको थियो ।

आजको खेलमा नेपालले पुनः विजय हासिल गरेमा सिरिज एक खेल अगावै आफ्नो पक्षमा पार्नेछ । यससँगै नेपाली क्रिकेटले अर्को ऐतिहासिक उपलब्धि हात पार्ने सम्भावना रहेको छ ।

वेस्ट इन्डिजका लागि भने यो खेल निकै महत्त्वपूर्ण छ । पहिलो खेलमा पराजित टोलीले सिरिज बराबरी गर्न जित्नैपर्ने दबाब छ ।

दोस्रो जितका लागि नेपालले आजको खेलमा पनि उत्कृष्ट प्रदर्शन जारी राख्नुपर्नेछ । खेलप्रेमीहरू बीच यस सिरिजले ठूलो उत्साह ल्याएको छ भने नेपाली टोलीको प्रदर्शनले राष्ट्रिय क्रिकेटको स्तर उच्च बनाउँदै लगेको देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP