मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ग्यिरोङमा बनेको अवरोध तालको जोखिम मूल्याङ्कन गर्न विशेषज्ञ टोली खटियो

312
SHARES
ग्यिरोङमा बनेको अवरोध तालको जोखिम मूल्याङ्कन गर्न विशेषज्ञ टोली खटियो

काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत सिगात्सेको ग्यिरोङ जिल्लामा बनेको अवरोध तालको अवस्थाबारे आपत्कालीन मूल्याङ्कन सुरु गरिएको छ ।

तालबाट हुन सक्ने सम्भावित जोखिमको आकलन गर्न उद्धारकर्मी तथा विपद् व्यवस्थापनका विशेषज्ञहरू घटनास्थल पुगेका छन् । स्थानीय समयअनुसार दिउँसो करिब २ः०० बजे विशेषज्ञ टोली तालको बाँधको विपरीत किनारमा पुगेको जनाइएको छ ।

घटनास्थल पुगेको टोलीले तालमा पानीको अवस्था, बाँधको स्थिति तथा सम्भावित जोखिमबारे प्रत्यक्ष निगरानी र मूल्याङ्कन गरिरहेको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ ।

आपत्कालीन प्रतिकार्यलाई थप प्रभावकारी बनाउन घटनास्थलबाट वास्तविक समयको तथ्यांक संकलन गर्ने कामसमेत भइरहेको छ । त्यसका लागि ड्रोनमार्फत हवाई निगरानी गर्नुका साथै पानीको सतह मापन गर्ने सेन्सरहरू प्रयोग गरिएको छ ।

विशेषज्ञ टोलीले संकलित तथ्यांकका आधारमा तालको अवस्था र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमबारे थप मूल्याङ्कन गर्ने बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १२, शुक्रबार ११:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP