मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सत्ता समीकरण फेरिएसँगै कोशी सरकारबाट कांग्रेस बाहिरियो

260
SHARES
सत्ता समीकरण फेरिएसँगै कोशी सरकारबाट कांग्रेस बाहिरियो

काठमाडौं । कोशी प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् ।

कोशी प्रदेश सांसद एवम् भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारले प्रदेश सरकारमा रहेका कांग्रेसका सबै मन्त्रीले बुधबार राजीनामा दिएको जानकारी दिए ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसका मन्त्रीहरूलाई सरकारबाट बाहिरिन दबाब परेको थियो । नयाँ गठबन्धनअनुसार प्रदेश सरकार पुनर्गठनको तयारी भएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।

कांग्रेस सरकारबाट बाहिरिएसँगै अब नेकपा सरकारमा सहभागी हुने बाटो खुलेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २७, बुधबार १२:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP