मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यूएन महासभामा प्रधानमन्त्री शाह: विकास, लोकतन्त्र, शान्ति र युवामाथि जोड

936
SHARES
यूएन महासभामा प्रधानमन्त्री शाह: विकास, लोकतन्त्र, शान्ति र युवामाथि जोड

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत प्रधानमन्त्री वालेन्द्र शाहले महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपालका प्राथमिकता र विश्व समुदायसँग जोडिएका महत्वपूर्ण विषयहरू प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा मुख्यतः विकास, लोकतन्त्र, शान्ति र युवालाई देशको आशाका रूपमा प्रस्तुत गर्ने बताएका छन् । उनले भने, ‘म यहाँ विकास, लोकतन्त्र, शान्ति र युवा देशको आशाका बारेमा कुरा गर्न उपस्थित छु ।’

महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले लोकतान्त्रिक मूल्य, शान्ति र दिगो विकासलाई महत्व दिँदै आएको विषय उल्लेख गरेका छन् । उनले विश्व समुदायबीच सहकार्य र साझा प्रयासबाट विकासका लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिएका छन् ।

महासभामा अंग्रेजी भाषामा आफ्नो मन्तव्य राखेका प्रधानमन्त्री शाहले सम्बोधनको अन्तिममा भने नेपाली भाषाको प्रयोग गरे । उनले नेपालका धार्मिक तथा आध्यात्मिक परम्परासँग जोडिएको सन्देश दिँदै विश्व शान्तिको कामना गरेका छन् ।

सम्बोधनको अन्त्यमा उनले भने, ‘भगवान् पशुपतिनाथले सारा विश्वको कल्याण गरून् । हामी सबै बुद्धले देखाउनुभएको बाटोमा हिँड्न सकौँ ।’

सम्बोधनअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए । भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्य तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल भएको जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ९, शुक्रबार ००:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP