मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मत पैसामा नबेच्न पुनको अपील: ‘भविष्यका सन्तानप्रति धोका हुन्छ’

1.5K
SHARES
मत पैसामा नबेच्न पुनको अपील: ‘भविष्यका सन्तानप्रति धोका हुन्छ’

म्याग्दी । म्याग्दी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार महावीर पुनले मतदातालाई पैसाको प्रलोभनमा नपर्न कडा आग्रह गरेका छन् । चुनावी प्रचारप्रसारका क्रममा मतदातासँग प्रत्यक्ष संवाद गर्दै पुनले पैसामा मत बेच्नु केवल व्यक्तिगत गल्ती मात्र नभई भावी पुस्ताप्रतिको गम्भीर धोका हुने बताएका हुन् ।

मत माग्ने क्रममा उनले थोरै पैसाको लोभमा मतदान गर्नु दीर्घकालीन रूपमा समाज र देशकै भविष्यमा असर पार्ने चेतावनी दिए । ‘दुई–चार हजार, पाँच–सात हजार वा आठ–दश हजार रुपैयाँमा मत बेचियो भने त्यो व्यक्तिले आफ्नै छोरानातिको भविष्य अन्धकारमा धकेल्छ,’ पुनले भने, ‘अहिले पैसामा बिक्नु भनेको भोलि आफ्ना सन्तानले दुःख भोग्नु हो ।’

उनले पैसाको लेनदेनमा हुने मतदानलाई नैतिक पतनको रूपमा व्याख्या गर्दै त्यसले पाप लाग्ने बताए । पुनका अनुसार मत पैसामा बेच्दा त्यसको असर तत्काल देखिन नदेखिन सक्छ, तर त्यसले दीर्घकालीन रूपमा सन्तानको जीवनमा नकारात्मक प्रभाव पार्छ ।

‘छोरा–नातिको श्राप लाग्छ,’ उनले भने, ‘पैसामा बिक्ने मान्छे श्रापको भागीदार बन्छ र त्यसको परिणाम उसैले भोग्नुपर्छ ।’ उनले मतदातालाई सचेत रहँदै विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरे ।

महावीर पुनले निष्पक्ष र स्वच्छ चुनाव लोकतन्त्रको आधार भएको उल्लेख गर्दै मतदाताले पैसाभन्दा पनि नीति, विचार र भविष्य निर्माणको दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले जनताको सचेत निर्णयले मात्रै मुलुकलाई सही दिशामा अघि बढाउन सकिने बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १६, शुक्रबार ०८:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP