मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सेनाको आग्रहः लुटिएका हतियार तुरुन्त बुझाउनू, अटेरी गरे कानुनी कारबाही

1.5K
SHARES
सेनाको आग्रहः लुटिएका हतियार तुरुन्त बुझाउनू, अटेरी गरे कानुनी कारबाही

काठमाडौं । जेनजी समूहको आन्दोलनका क्रममा लुटिएका वा हराएका हातहतियार, गोलीगट्ठा तथा अन्य सुरक्षा सामग्री तुरुन्तै नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाले आग्रह गरेको छ ।

बुधबार सार्वजनिक गरेको सूचनामार्फत सेनाले ती सामग्रीको दुरुपयोगबाट जनधनको क्षति हुन सक्ने भन्दै सम्बन्धित व्यक्तिहरूलाई समयमै जानकारी दिन र बुझाउन प्रेरित गर्न अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ूत्यस्ता हातहतियारहरूको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ ।ू

साथै, सेनाले सुरक्षाकर्मीको पोशाक तथा पहिचानँग सम्बन्धित सामग्रीको अनाधिकृत प्रयोग नगर्न पनि सबैलाई सचेत गराएको छ । यस्ता सामग्री नबुझाउने वा दुरुपयोग गर्ने व्यक्तिहरूमाथि कानून बमोजिम कडा कारबाही हुने चेतावनीसमेत दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २५, बुधबार ०७:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP