मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा रास्वपालाई बधाई, सहकार्य विस्तारको संकेत

702
SHARES
चिनियाँ कम्युनिस्ट पार्टीद्वारा रास्वपालाई बधाई, सहकार्य विस्तारको संकेत

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक पत्र पठाउँदै बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

पत्रमा सीपीसीले रास्वपासँग विकसित हुँदै गएको सम्बन्धप्रति सन्तोष प्रकट गर्दै आगामी दिनमा दुई पक्षबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ । साथै, नेपाल–चीनबीचको राजनीतिक विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितमा सहकार्य अघि बढाउने प्रतिबद्धता दोहोर्‍याइएको छ ।

सीपीसीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वको प्रशंसा गर्दै उनीहरूको भूमिकाले नेपाल–चीन परम्परागत मित्रतालाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

यसका साथै, सीपीसीले भविष्यमा दुवै पक्षबीच अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धलाई स्थिर र दीर्घकालीन रूपमा विकास गर्न सहकार्य गर्ने तयारी समेत जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ४, बुधबार ००:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP