मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

असार महिनाको उत्कृष्ट प्रहरी बने असई विक्रम भुजेल

338
SHARES
असार महिनाको उत्कृष्ट प्रहरी बने असई विक्रम भुजेल

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विक्रम भुजेल असार महिनाका लागि ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् ।

अपराध अनुसन्धान कार्यालयले उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै भुजेललाई सम्मान तथा पुरस्कृत गरेको जनाएको छ । कार्यालयका अनुसार उनले अनुसन्धानका क्रममा देखाएको व्यावसायिक दक्षता, इमान्दारिता र नतिजामुखी कार्यशैलीका आधारमा यो सम्मान प्राप्त गरेका हुन् ।

भुजेलले सूचना संकलन, अपराधको विश्लेषण तथा जटिल प्रकृतिका घटनाको अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गरेका छन् । विशेषगरी गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादीको खोजी तथा पक्राउ, कर्तव्य ज्यान, चोरी, डाँका जस्ता गम्भीर अपराधका घटनाको अनुसन्धानमा उनको योगदान उल्लेखनीय रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी कारागारबाट फरार भएका प्रतिवादीलाई पक्राउ गर्न र विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा उनले खेलेको सक्रिय भूमिकालाई समेत मूल्यांकन गर्दै असार महिनाको उत्कृष्ट प्रहरीको रूपमा छनोट गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ३, आईतवार ०८:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP