मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विभिन्न जिल्लाबाट लागूऔषधसहित ११ जना पक्राउ

507
SHARES
विभिन्न जिल्लाबाट लागूऔषधसहित ११ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीका क्रममा देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनको रत्ननगर नगरपालिकाबाट दुई जना, कास्कीको बागलुङ बसपार्क र खुदीखोलाबाट एक–एक जना, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट दुई जना, भक्तपुरको दुवाकोटबाट एक जना, तनहुँको आँबुखैरेनीबाट एक जना, झापाको भद्रपुर–५ नयाँबजारबाट एक जना, कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट एक जना तथा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बाट एक जना पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइनका साथै चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नपाइने डाइजेपाम, नोर्फिन, फेनारगन, ट्रामाडोल र प्रोमेथाजाइन बरामद गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २९, शुक्रबार ०७:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP