मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बङ्गाललाई, एपिएफ ३–० ले पराजित

2.3K
SHARES
साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बङ्गाललाई, एपिएफ ३–० ले पराजित

काठमान्डु । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) द्वारा पहिलो पटक आयोजना गरिएको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै इतिहास रचेको हो ।

इस्ट बङ्गालको जितमा कप्तान फजिला इक्वापुट नायिका बनिन् । उनले दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् भने शिल्कीदेवी हनामले एक गोल थपिन् । खेलको २२औँ मिनेटमा कप्तान इक्वापुटले गोल गर्दै इस्ट बङ्गाललाई अग्रता दिलाइन् । नेपालकी गोलकिपर अञ्जना राना मगर र डिफेन्डर गीता रानाबीच तालमेल नमिल्दा आएको मौकालाई उनले सदुपयोग गरिन् ।

खेलको ३५औँ मिनेटमा इस्ट बङ्गालले अग्रता दोब्बर बनायो । सरिता युमनामको कर्नरमा आशा लताले दिएको क्रसमा शिल्कीदेवी हनामले हेडरमार्फत गोल गरिन् । पहिलो हाफमै दुई गोलको अग्रता बनाएको इस्ट बङ्गाल दोस्रो हाफमा पनि आक्रामक देखियो ।

दोस्रो हाफको सुरुआती मिनेटमै कप्तान इक्वापुटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीका लागि तेस्रो गोल थपिन् । त्यसपछि दुवै टोलीले प्रयास गरे पनि थप गोल हुन सकेन र इस्ट बङ्गालले ३–० को सहज जित निकाल्दै च्याम्पियनसिपको उपाधि जित्यो ।

गत मङ्सिर १९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँच राष्ट्रका क्लबहरूको सहभागिता थियो । फाइनलमा पुगेका एपिएफ र इस्ट बङ्गालसँगै पाकिस्तानको कराँची सिटी एफसी, बङ्गलादेशको नासिर स्पोर्ट्स एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेडले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ५, शनिबार १४:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP