मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतीय ग्यास बुलेटको ठक्करबाट किशोरीको मृत्यु, एक गम्भीर घाइते

1.1K
SHARES
भारतीय ग्यास बुलेटको ठक्करबाट किशोरीको मृत्यु, एक गम्भीर घाइते

चितवन । भरतपुरको मालपोत चोकमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ७ बजे काठमान्डुबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक लमजुङ मध्यनेपाल–३ का ५२ वर्षीय राजकुमार श्रेष्ठ र उनलाई पछाडि सवार उनकी १८ वर्षीया छोरी राइना श्रेष्ठ घाइते भएका थिए । गम्भीर घाइते भएकी रैनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालले बताए ।

राजकुमारको भने पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ग्यास बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ९, मंगलवार ०५:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP