मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तीन करोडभन्दा बढीको घरजग्गा कारोबारका लागि अब इजाजतपत्र अनिवार्य

2.7K
SHARES
तीन करोडभन्दा बढीको घरजग्गा कारोबारका लागि अब इजाजतपत्र अनिवार्य

काठमाडौं । अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने कुनै पनि फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै घरजग्गा कारोबारको इजाजतपत्र (लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको हो ।

विभागका अनुसार असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरिएको छ । सो व्यवस्था अनुसार अब एक पटकमा तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ ।

आवेदन दिन इच्छुकहरूले विभागको वेबसाइटमार्फत मालपोत नियमावली, २०३६ (आठौँ संशोधन २०८२) को अनुसूची–८ मा उल्लेखित कागजात स्क्यान गरी सोही ढाँचामा पेश गर्नुपर्नेछ ।

विभागले यो व्यवस्था घरजग्गा कारोबारमा पारदर्शिता, उत्तरदायित्व र नियमन सुनिश्चित गर्नका लागि लागू गरिएको स्पष्ट गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १३, बिहीबार ०५:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP