मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ग्वार्को ‘फ्लाईओभर’ आजदेखि सञ्चालनमा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

3.4K
SHARES
ग्वार्को ‘फ्लाईओभर’ आजदेखि सञ्चालनमा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको देशकै पहिलो ‘फ्लाईओभर’ आज (शुक्रबार)देखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ओभरपास उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

राजधानीको एक अत्यधिक व्यस्त चोक ग्वार्कोमा यो परियोजना धेरै समयदेखि प्रतीक्षित थियो । निर्माण अवधि पटकपटक लम्बिँदै आएको यो ओभरपास अन्ततः पूर्णता पाएको हो ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को ओभरपास आयोजना अगाडि बढाएको थियो । केन्द्रले २०७८ फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

तर तोकिएको म्यादमा काम नसकिएपछि परियोजनाको अवधि दुईपटक थपियो । दोस्रो म्याद २०८१ साल पुस ८ गते सकिएको हो । निर्माण अवधिमा उत्पन्न समस्या र अवरोधका कारण केही समय कामसमेत ठप्प हुन पुगेको थियो ।

डिजाइन र संरचना
ग्वार्को ओभरपासको कुल लम्बाइ ५७६.२ मिटर रहेको छ । ग्वार्को चोकदेखि लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो र्याम्पसहितको ओभरपासमा बीचमा रहेको पुल खण्डको लम्बाइ ३६.२ मिटर छ ।

फ्लाईओभरको चौडाइ १६.४ मिटर रहेको छ, जसमा चार लेनको सवारी आवागमन सम्भव हुनेछ । दुबैतर्फ कालोपत्र गरिएको र्याम्पको उचाइ १०.२ मिटर रहेको छ ।

लागतमा उल्लेख्य वृद्धि

परियोजनाको प्रारम्भिक सम्झौतामा लागत करिब १७ करोड ६ लाख रुपैयाँ थियो । तर म्याद थपिँदै जाँदा र विभिन्न ढिलाइका कारण कुल लागत ३१ करोड ४६ लाख नाघेको केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए ।

उनका अनुसार ईपीसी मोडेलमा गरिएको यो ठेक्का सम्झौताअनुसार डिजाइन र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीले लिएको हो । सम्झौता बमोजिम निर्माण सम्पन्न भइसकेपछि पाँच वर्षभित्र निर्माण कार्यमा र १० वर्षभित्र डिजाइनमा त्रुटि देखिएमा निर्माण कम्पनीले त्यसको जिम्मेवारी लिनुपर्ने व्यवस्था छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ६, शुक्रबार ०४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP