मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन तयारीका लागि छलफल गर्न प्रधानमन्त्रीको सात दललाई पत्र

1.7K
SHARES
निर्वाचन तयारीका लागि छलफल गर्न प्रधानमन्त्रीको सात दललाई पत्र

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा रहेका सात राजनीतिक दललाई आगामी फागुन २१ गते तय गरिएको निर्वाचनबारे छलफलका लागि बोलाएकी छन् ।

उनकी प्रेस संयोजक राम रावलका अनुसार दलहरूलाई कात्तिक ४ गते (भोलि) साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थित हुन पत्राचारमार्फत आग्रह गरिएको छ ।

छलफलमा प्रत्येक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि सहभागी गराउन अनुरोध गरिएको छ । वार्ताका लागि आमन्त्रण गरिएका दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सामेल छन् ।

निर्वाचनको तयारी र आवश्यक समन्वयका विषयमा छलफल गर्ने उद्देश्यले प्रधानमन्त्रीले यो पहल अघि बढाएकी बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ३, सोमबार ०९:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP