मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२०९ खेल संघलाई दुई अंकमा झारेँ : सदस्यसचिव घिसिङ

936
SHARES
२०९ खेल संघलाई दुई अंकमा झारेँ : सदस्यसचिव घिसिङ

काठमान्डु । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकाललाई खेलकुद संगठनहरूको पुनःसंरचना र निर्वाचनमा आधारित महत्वपूर्ण कालखण्ड भएको बताएका छन् । उनले २०९ वटा राष्ट्रिय खेलकुद संघलाई दुई अंकमा झार्ने प्रतिबद्धता पूरा गरेको दाबी गर्दै अहिले राष्ट्रिय खेल संघको संख्या ६३ मा सीमित भएको जानकारी दिए ।

शुक्रबार काठमान्डुमा आयोजित मिसन २०२६का खेलाडीहरूको बिदाइ तथा किट वितरण कार्यक्रममा बोल्दै घिसिङले विगतमा अनियन्त्रित रूपमा बढ्दै गएको संघ–संगठनको संरचनालाई व्यवस्थित बनाउन आफू सफल भएको बताए ।

उनले भने, “मैले २०९ राष्ट्रिय खेल संघलाई २ अंकमा झार्छु भनेर प्रतिवद्धता गरेको थिएँ । आज ६३ वटा राष्ट्रिय खेल संघ रहेको छ । यो सबै तपाईंहरूको सहयोगले सम्भव भएको हो ।”

चार वर्षमै ५० भन्दा बढी निर्वाचन सम्पन्न
घिसिङले खेलकुद इतिहासमै आफ्नो कार्यकाल सबैभन्दा बढी निर्वाचन भएको अवधि रहेको दाबी गरे । विभिन्न खेल संघहरूमा नेतृत्व चयनका लागि ५० भन्दा बढी निर्वाचन सम्पन्न गरिएको उल्लेख गर्दै उनले यसलाई संस्थागत सुधारको ठूलो उपलब्धि बताएका छन् ।

उनका शब्दमा, “चार वर्षको इतिहासमा सबैभन्दा धेरै निर्वाचन भएको कार्यकाल छ भने सायद मेरो होला। यो उपलब्धिका लागि सबै खेल क्षेत्रका साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।”

भविष्यमा संरचनागत सुधारमा सक्रिय रहने घोषणा
कार्यक्रममा घिसिङले आगामी दिनमा नेपाली खेल क्षेत्रको पुनःसंरचना, नीतिगत सुधार र गर्दै आएका विवादहरूको समाधानमा आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए ।

उनले खेलकुद क्षेत्रमा एकीकृत संरचना, प्रभावकारी प्रशासनिक प्रणाली र पारदर्शी नेतृत्व चयनका लागि निरन्तर बहस आवश्यक रहेको बताए ।

मिसन २०२६ का खेलाडीलाई किट वितरण
सोही अवसरमा मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरूलाई खेल सामग्री (किट्स) वितरण गरिएको थियो । राखेपका अधिकारीहरूले आगामी दक्षिण एसियाली तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई लक्ष्य गरी खेलाडीहरूको फिटनेस, अनुशासन र रणनीतिक तयारीलाई अझ सुदृढ बनाइने जानकारी दिए ।

कार्यक्रममा उपस्थित प्रशिक्षक तथा खेल प्रशासनका प्रतिनिधिहरूले पनि संघहरूको संख्या घटाएर संरचना सरल बनाउने कदमले खेलकुद व्यवस्थापन अधिक प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १२, शुक्रबार १२:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP