मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कपिलवस्तुको महाराजगञ्जमा साम्प्रदायिक तनावपछि निषेधाज्ञा

273
SHARES
कपिलवस्तुको महाराजगञ्जमा साम्प्रदायिक तनावपछि निषेधाज्ञा

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न तनाव बढ्न नदिन प्रशासनले निषेधाज्ञा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले दिउँसो २ः०० बजेदेखि लागू हुने गरी विभिन्न स्थानमा भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाएको हो ।

प्रशासनद्वारा जारी सूचनाअनुसार पूर्वतर्फ बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रभित्र कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न पाइने छैन ।

वडा नम्बर २ र ३ को सिमानामा ईद र नवरात्र पर्व मनाउने क्रममा दुई समुदायबीच विवाद सुरु भएको थियो । प्रहरीका अनुसार नमाज पढिरहेका बेला भजनको आवाज चर्को बनाइएपछि विवाद चर्किएको हो ।

आवाज कम गर्न भनिएपछि झडप भएको र त्यस क्रममा एक बालकसहित ६ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रयोग गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दुवै पक्षलाई शान्त रहन आग्रह गर्दै क्षेत्रको सुरक्षा कडा बनाइएको जानकारी दिएको छ । तनाव थप नबढोस् भनेर व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ७, शनिबार १२:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP