मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वामपन्थी एकताको पहलमा लागेको प्रचण्डको दाबी

585
SHARES
वामपन्थी एकताको पहलमा लागेको प्रचण्डको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै वामपन्थी शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा बिहीबार कीर्तिपुर–४ स्थित चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नेकपा, एमालेसहित विभिन्न वामपन्थी दलहरूलाई साझा मोर्चामा ल्याउने प्रयास आफूले गरिरहेको जानकारी दिए ।

उनले वर्तमान अवस्थामा लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिमाथि चुनौती सिर्जना भइरहेको दाबी गर्दै मुलुकलाई अराजकता र निरङ्कुशतातर्फ धकेल्ने प्रयास भइरहेको टिप्पणी गरे । यस्तो परिस्थितिमा लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको उनको भनाइ थियो ।

प्रचण्डले राष्ट्रिय स्वाधीनता र राजनीतिक उपलब्धिहरू दुवै दबाबमा परेको उल्लेख गर्दै प्रतिगमनविरुद्ध फेरि एकपटक सबै परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने अवस्था आएको बताए । विगतमा नयाँ पुस्तालाई पर्याप्त राजनीतिक प्रशिक्षण दिन नसकिएको स्वीकार गर्दै उनले अब त्यसतर्फ पनि ध्यान दिनुपर्ने धारणा राखे ।

उक्त कार्यक्रममा नेकपाका सह–संयोजक माधव नेपालसहित विभिन्न नेताहरूले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागीहरूले पुष्पलाल श्रेष्ठको तस्बिरमा माल्यार्पण गर्दै उनको योगदानको स्मरण गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ७, बिहीबार ११:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP